असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने


असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने

काठमाडौं : अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार सम्पन्न बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७–७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने भएको छ । सो कार्यका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने’ निर्णय भएको हो ।

बैठकले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्न क्रियाकलाप सहितको समयबद्ध कार्यतालिका एक हप्ताभित्र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पार्नेे निर्णय पनि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिब तथा विपन्न वर्गको तथ्यांक नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेकोे बताए ।

जनगणना फारम इसाइ, ईस्लामी, कम्युनिस्ट र सेकुलरको जालझेल ? : अरुण सुवेदी
राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ । जनगणना फारममा सार्वजनिक भइसक्दा जुन तादातमा बहसहरु सुरु हुनुपर्ने थ्यो त्यो बहस सुरु…

उनले गरिब घरपरिवार परिचयपत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पु¥याउने बताए । गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिब घरपरिवार परिचयपत्रका आधारमा कार्यक्रमहरु सञ्चालन गर्दा स्रोतको सही सदुपयोग हुने र प्रभावकारी परिणाम निस्कने बताइन् ।

बैठकले घर परिवार सर्वेक्षणमा झुठ्ठा वा नक्कली तथ्यांक संकलन र प्रविष्ट हुन नसक्ने विधि सहित त्यस्ता तथ्यांकको सिफारिस गर्ने वा संकलन तथा प्रविष्ट गर्ने पदाधिकारी उपर कारवाही गर्ने प्रणाली विकास गर्ने निर्णय गरेको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो प्रणाली विकास गरी त्यसको नियमित रुपमा अुनगमन गर्ने संयन्त्र विकास गर्ने निर्णय पनि गरिएको छ ।

भुल्ने बानी छ ? यी हुन् स्मरणशक्ति बढाउने पेयपदार्थ
पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरु आफू रोगको शिकार भएको थाहा नै पाउँदैनन् । स्वस्थ रहनका लागि शरीर र मस्तिष्क उर्जावान् बनाउने खानेकुरा खानु अत्यावश्यक छ । यदि तपाईंमा भुल्ने समस्या छ भने केही यस्ता पेयपदार्थहरु निकै लाभदायी हुन्छन् । जसको सेवनले स्मरणशक्ति समेत बढ्छ । एभोकाडो के हो? …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...