रुखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत फेला


रुखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत फेला

कञ्चनपुर बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मृत फेला परेका छन् । वडा अध्यक्ष कृष्णबहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा झुण्डिएको अवस्थामा अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्केका साढे १० बजे मृत भेटिएको जानकारी दिए । उनका अनुसार मृतक रोकायाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको छ ।

तर रोकायाले आत्महत्या किन गरे ? त्यसको कारण अझै खुल्न नसकेको सोधखोज जारी रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

यो पनि: रुखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत भेटिए


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...