इंग्लिस प्रिमियर लिगमा आज टोटेनहमले उल्ब्सको सामना गर्नेछ । उल्ब्सको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार आज राती १:०० बजे हुनेछ ।
१४ खेलमा २५ अंक सहित अंक तालिकाको आठौँ स्थानमा रहेको टोटेनहम आजको खेलमा जित निकाल्दै अंक तालिकाको चौथौं स्थानमा प्रवेश गर्न चाहन्छ । त्यस्तै १४ खेलमा २० अंक सहित अंक तालिकाको ११ औं स्थानमा रहेको उल्ब्स आजको खेलमा टोटेनहमलाई पराजित गर्दै अंक तालिकामा सुधार ल्याउन चाहन्छ ।
पछिलो ५ खेलमा टोटेनहमले २ खेलमा जित १ खेल बराबरी र २ खेलमा हार बेहोरेको छ भने उल्ब्सले २ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ ।