durbar-times

श्रीमानसँगै होटेलमा बसेकी महिलाको मृत्यु


श्रीमानसँगै होटेलमा बसेकी महिलाको मृत्यु

धनगढीमा एक महिला घाँटीमा पासो लगाइएको अवस्थामा मृत भेटिएकी छन्।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएकी कमला रोकाया मृत भेटिएकी हुन्। ती महिला धनगढीस्थित विशालनगरको सौराई होटलमा श्रीमान् सँगै बसेकी थिइन्‌।

भारतको पन्जाबमा बस्दै आएकी अन्दाजी २८ बर्षकी कमला रोकाया धनगढी बिशालनगरमा रहेको सोराइ होटेलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी घरेडी खरिद गर्न धनगढी पुगेको बुझिएको छ ।

उनी श्रीमान् सुजन रोकाया सँग चैत १ गते देखि होटेलमा बस्दै आएकी थिइन । सुजन भने फागुन २७ गते बाट नै होटेलमा बसेका हुन । हिजो राती करिब १० बजे दुवै जना बाहिरबाट होटेलमा पुगेका थिए ।

मृतकका श्रीमानले मादक पदार्थ सेवन गरेको बुझिएको छ। राती करिब १ बजे श्रीमतीको मृत्यु भएको भन्दै उनले होटलको गेटमा पुगेर सुरक्षागार्डलाई खबर गरेका थिए।

केही छिनपछि होटेल सञ्चालकले अस्पताल लैजान आग्रह गरेपनि उनले प्रहरीमा खबर गर्न आग्रह गरेपछि प्रहरी बोलाइएको थियो। कमलाको घाँटीमा पासो लागेको छ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send