durbar-times

महिला लिगमा आज दुई खेल हुँदै


महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै।

आज रहेको पहिलो खेलमा वालिंग र चौदनदिगढ़ी भिड्दै छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल नेपाली समयअनुसार दिउँसोको ११:३० बजेबाट सुरु हुनेछ। दुवै टोलि आजको जित निकाल्ने योजनमा मैदान प्रवेश गर्ने छन् । दुबै टोलि आजको खेलमा जित निकाल्दै  प्रतियोगिताको पहिलो जित निकाल्ने योजनामा हुनेछन ।

वालिंग ३ खेलमा २ खेल बराबरी र १ खेलमा हार बेहोर्दै २ अंक सहित अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ भने २ खेलमा दुवै खेल हारेको वालिंग बिनाकुनै अंक तालिकामा पुछारबाट पहिलो स्थानमा छ ।

त्यस्तै आजनै हुने अर्को खेलमा नेपाल  पुलिस र एपीएफ बीच रोमान्चक खेल हुँदैछ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल नेपाली समयअनुसार दिउँसोको ११:३० बजेबाट सुरु हुनेछ।

हाल सम्म दुवै टोलीले प्रतियोगितामा कुनै हार बेहोरेका छैनन् । ३ खेलमा सतप्रतिसत जित हात पारेको एपीएफ ९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल पुलिस ३ खेलमा १ खेलमा जित र २ खेल बराबरी खेल्दै ५ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send