durbar-times

महिला लिग: आज दुई खेल हुँदै


महिला लिग: आज दुई खेल हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । खेल बिहान ११:३० बजे सुरु हुनेछ ।

चौदण्डीविरुद्ध आर्मी सहज जितको खोजीमा हुनेछ । आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी चौदण्डीलाई हराएर शीर्ष स्थानको एपीएफविरुद्ध अंक दुरी कम गर्न चाहन्छ ।

चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ । चौदण्डी पहिलो अंकको खोजीमा रहेको छ ।

अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ । पुलिस र विराटनगरबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।

पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । विराटनगर ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send