durbar-times

संसारकै सब भन्दा सुन्दर आत्महत्या , जुन आजसम्म चर्चित छ


संसारकै सब भन्दा सुन्दर आत्महत्या , जुन आजसम्म चर्चित छ

यो आत्महत्यालाई संसारकै सब भन्दा सुन्दर आत्महत्याको नाम दिइएको छ। सुन्दा अचम्म लाग्यो होला । झन्डै ७० वर्ष अगाडि, मे १, १९४७ मा, एभलीन म्याकलले न्यु योर्कको एम्पायर स्टेट भवनको ६८ औं तलाबाट उफ्रेर आत्महत्या गरेकी थिइन । २३ बर्सिय एभलीन म्याकलले बिहानको १०: ४० मा हामफाल्दा एभलीन बिल्डिंगको अगाडि संयुक्त राष्ट्र संघको एउटा लिमोसिन  कारमा  झरेकी थिइन  । उनि  १,०५०  फिटको उचाईबाट खसेर कारको छानामा ठक्कर खाएर उनको ज्यान गयो ।

रोबर्ट सी विल्स, एक फोटोग्राफर विद्यार्थी, त्यहाँ बाट जाँदै थिए। उनले एभलीनको शव झरेको झण्डै चार मिनेट पछि यो फोटो लिए। यो फोटोलाई मे १२, १९४७ मा  एक चर्चित म्यागजिनको पुरै पन्नामा छापिएको थियो । एभलीन ३२० मिटरको उचाईबाट खसेकि थिइन । सामान्यतया यस्तो अवस्थामा शरीरका भागहरु लथालिङ्ग हुन्छ। तर एभलीनलाई कारको माथि देख्दा यस्तो लाग्यो कि उनी एकदम आराम गरीरहेकी छिन्। उनको मृत्यु पछि पनि उनी धेरै सुन्दर देखिइन्। उनको ज्यान गईसकेको थियो, संयोगवश उनको शरीरको अवस्था यस्तो थियो कि उनी एकदम स्टाइलिश देखिइन्।

एभलीनको खुट्टा खुल्ला थियो र उनको खुट्टा (पायल) एक पछि अर्को राखिएको थियो। त्यो युगमा अमेरिकी महिलाहरू यसरी नै आराम गर्थे। एभलीनको बायाँ हत्केला उनको घाँटीमा मोतीको हारमा थियो, मानौं उनि  मोतीको साथ खेल्दै थिइन्। एभलीनको शरीरमा चोटपटक वा विकृति रहेको देखिँदैन। सम्पूर्ण दृश्यमा त्यहाँ केवल दुई असामान्य चीजहरू थिए - कारको कुचिएको हुड र एभलीनको फाटेकाे मोजा। यस बाहेक सबै कुरा सामान्य देखिन्थ्यो त्यसैले उनको आत्महत्यालाई संसारकै सब भन्दा सुन्दर आत्महत्या भनियाे।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send