durbar-times

हालसम्म विश्वकप २०२२को निर्माण कार्यमा खटिएका नेपालीसहित ६ हजार बढिको मृत्यु


हालसम्म विश्वकप २०२२को निर्माण कार्यमा खटिएका नेपालीसहित ६ हजार बढिको मृत्यु

सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलको लागि भइरहेको निर्माणका सिलसिलामा हालसम्म ६ हजार ५ सय भन्दा बढि कामदारहरुको मृत्यू भएको छ ।

कतारले विश्वकप आयोजनाकालागि १० वर्षअघि जिम्मेवारी लिएदेखि हालसम्म यति ठूलो संख्यामा आप्रवासी कामदारहरुको मृत्यू भएको हो। मृत्यु हुने कामदारहरुमा नेपाल सहित भारत पाकिस्तान बंगलादेश तथा श्रीलंकाका नागरिकहरु रहेका छन् ।

सन् २०१० को डिसेम्बरदेखि प्रत्येक हप्ता करिब १२ जना दक्षिण एशियाका कामदारहरुको मृत्यू हुने गरेको जनाईएको छ।

सन् २०१० देखि सन २०२० सम्मको अवधिमा भारत बंगलादेश र नेपाल र श्रीलंकाका ५ हजार ९ सय २७ जनाको मृत्यु भएको थियो । यसै अवधिमा ८ सय २४ जना पाकिस्तानी कामदारहरुको मृत्यू भएको थियो ।

तर कतारमा मर्ने कामदारहरुको संख्या अझ बढी छ । कतारमा धेरै कामदार पठाउने मुलुकहरु फिलिपिन्सतथा केनिया नागरिकहरुको मृत्यू संख्या जोडिएको छैन ।

आगामी विश्वकप आयोजनाकालागि कतारमा ७ वटा रंगशाला निर्माण गरिनुका साथै विमानस्थल सडक होटल नयाँ शहर आदिको निर्माण गरिएको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send