विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाको जित हुँदा कोलम्बिया र चिली पराजित


विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाको जित हुँदा कोलम्बिया र चिली पराजित

फिफा विश्वकप छनोटमा ब्राजिलले उरुग्वेलाई र अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  उरुग्वेको मैदानमा ब्राजिललाई जित दिलाउन अर्थर र रिचार्लीसनले एक एक गोल गरे ।

छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ । उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६-१ ले पराजित गरेको छ । चिली भेनेजुएलासँग २-१ ले पराजित हुँदा पाराग्वे र बोलिभियाले २-२ गोलको बराबरी खेलेको छ ।

अर्को खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पेरुको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लाउटरो मार्टिनेजले एक एक गोल गरे । जितसँगै अर्जेन्टिनाले ४ खेलमा १० अंक जोडेको छ । अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाको यो छनोटमा तेस्रो जित हो ।

पेरु १ अंक जोडेर नवौं स्थानमा रहेको छ । पेरुको यो तेस्रो हार हो ।

स्पेनको जर्मनीमाथि सानदार जित, जर्मनीको पोस्टमा ६ गोल ! स्विडेन रेलिगेसनमा
स्पेनको जर्मनीमाथि सानदार जित, जर्मनीको पोस्टमा ६ गोल भएको छ । फ्रान्सले स्विडेनलाई पराजित गरेको छ । यो हारसँगै स्विडेन रेलिगेसनमा परेको छ । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले जर्मनीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा स्पेनले जर्मनीलाई ६-० गोल अन्तरले पराजित गरेको हो…
मास्चिरानोद्वारा सन्यास घोषणा
अर्जेन्टिनाका मिडफिल्डर जेभियर मास्चिरानोले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ३६ वर्षीय मास्चिरानोले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । मलाई अर्जेन्टिनाबाट करियर अन्त्य गर्ने अवसर दिएको म क्लबलाई धन्यवाद दिन चाहन्छु,′ मास्चिरानोले भनेका छन् । मास्चिरानोले अर्जेन्टिनाका लाग…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...