विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ३६ हजार नाघे


विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ३६ हजार नाघे

काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ५५ लाख नाघेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार १३ लाख ३६ हजार ७ सय ९३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ४८ हजार ४ सय ६८,  ब्राजिलमा १ लाख ६६ हजार ६ सय ९९, मेक्सीकोमा  ९८ हजार ८ सय ६१, बेलायतमा ५२ हजार ८ सय ३९, इटालीमा ४६ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।

विश्वभर तीन करोड ५७ लाख ३० हजार ५ सय १० जना संक्रमणमुक्त भएका छन्।  बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५३ लाख ५८ हजार २ सय ९९, अमेरिकामा ४२ लाख ९३ हजार ६ सय ४०, रुसमा १४ लाख ६५ हजार ५१ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि  दुई लाख ११ हजार ४ सय ७५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय  २ सय ४७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८८ लाख ७४ हजार २ सय ९० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३० हजार ५ सय १९ पुगेको छ। भारतमा हालसम्म ८२ लाख ९० हजार ३ सय ७० जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
   
पाकिस्तानमा हालसम्म ३ लाख ६१ हजार ८२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार १ सय ९३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २४ हजार  ८ सय ३४ जना उपचारपछि निको भएका छन्।
   
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ३६ हजार ६ सय ८४ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार २ सय ५४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ५२ हजार ८ सय ९५ छ।
   
अफ्गानिस्तानमा संक्रमितको संख्या ४३ हजार ६ सय २८ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ३८ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार १ सय ६० जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ३ सय ५५ जना रहेको छ। मृत्यु हुनेको संख्या ४५ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ।

श्रीलंकामा संक्रमितको संख्या १८ हजार ७५ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ६६ छ भने निको हुनेको संख्या १२ हजार २ सय १० रहेको छ।

भुटानमा संक्रमितको संख्या ३७७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३५५ छ।

विश्वभर ५ करोड ५९ लाखनाघे कोरोना संक्रमित
३ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ५९ लाखनाघेको छ । बितेको २४ घन्टामा ६ लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५९ लाख ४३ हजार पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १३ लाख ४३ हजार ३ सय ८८ को मृत्यु भएको छ । विश्वभर ३ करोड ८९ लाख कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।…
चिसो मौसम सुरु हुँदै गर्दा भाइरस झनै फैलिने, बच्न दिनहुँ सफा गर्नुपर्ने ३ चीज
एजेन्सी – यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गुज्रिरहेको छ । कोरोनाको संक्रमणबाट बच्न निकै मुश्किल समेत भइसकेको छ । व्यक्तिगत रुपमा नै सुरक्षित नहुने हो भने यो भाइरसले जो कोहिलाई पनि सजिल्यै संक्रमित बनाउने गर्छ । यस भाइरसले घर वरिपरी सरसफाई गर्न, घरका हरेक कुनालाई किटाणुरहित बना…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...