संयुक्त राष्ट्र संघ देखी विश्वका यी नेताहरुले दिए दिवालीको यस्ता शुभकामना


संयुक्त राष्ट्र संघ देखी विश्वका यी नेताहरुले दिए दिवालीको यस्ता शुभकामना

विश्वका विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरु कसै भारतको पर्व दिवाली भनेर, कसैले हिन्दूहरुको विशेष पर्व, कसैले एसियन मुलुकका जनताहरुको महान पर्व आदी विविध प्रकारले आफ्नो शुभकामना व्यक्त गरे।  कसैले दिपावली गर्दै, त केहीले वक्तव्य जारी गर्दै सबैमा शुभकामना प्रदान गरेका छन्।

तत्कालिन अमेरिकि राष्ट्रपती ट्रम्प

क्यानडाका प्रधानमन्त्री जस्टिन

"दिवालीले हामीलाई याद दिलाउँछ कि सत्य, प्रकाश, र भलाइ सँधै प्रबल हुनछ। त्यो आशावादी सन्देशलाई मनाउन र यस महत्त्वपूर्ण चाडलाई चिनो लगाउन, म आज बेलुका साँझ एक भर्चुअल उत्सवमा सामेल भएँ। दिवाली  मनाउने सबैलाई शुभकामना!" जस्टिनले तस्विर र भिडियो सन्देश सहित ट्विट गरे।

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले दिवालीको शुभकामना दिँदै, माहामारी सँग विश्व लडिरहेको यो वर्ष दिवालीको अझै विशेष महत्व रहेको बताए।

"अस्ट्रेलिया पृथ्वीको एक सफल बहु-सांस्कृतिक राष्ट्र हो र दिवाली अवसरमा ति सबैलाई धन्यवाद दिन चाहन्छु जस्ले यस्ता संस्कृतिहरुलाई हाम्रा किनारहरू सम्म ल्याइदिए," मोरिसनले भने।

"हो यो साल हामीले निकै अन्धकार देखेउँ, तर उज्यालोले अन्धकार हटाउँदैछ, केही पर पुरै उज्यालो छ, यो आशा छ। दिवाली, प्रकाशको पर्व  मनाउनेहरु सबैमा  न्यानो अभिवादन।  विभिन्न खाले आस्था राख्नेहरु सबैमा यो एक महत्वपूर्ण क्षण हो" मोरिसनले आफ्नो सन्देशमा भने।

युकेका प्रधानमन्त्री बोरिस

दिवालीमा शुभकामना सन्देश दिने वार्षिक कार्यक्रम अन्तर्गत शनिवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अन्धकारमाथी उज्यालोको विजयको उपमा प्रयोग गर्दै कोरोनाभाइरस महामारी संकटमाथि विजयी हुने प्रतिबिम्बित गरे।

"यस वर्ष, सायद अरू केही भन्दा दिवालीले हामी सबैको लागि एक सशक्त अर्थ राख्दछ; जसरी भगवान रामले राक्षस राजा रावणलाई हराए र आफ्नी श्रीमती सीतालाई घरमा ल्याए, र जसरी दिवालीमा अन्धकारमाथी ज्योतिको, नराम्रोमाथि राम्रोको, अज्ञानतामाथी ज्ञानको विजयको उत्सव मनाइन्छ। त्यसैगरी म पनि पूर्ण विश्वस्त छु कि हामी कोविड-१९ माथी विजयी हुनेछौं", जोनसनले भने।

अबुधाबीका युवराज शेख मोहम्मद

ज्योतिको पर्व, दिवाली मनाउने विश्वका सबैमा सम्पन्नता र उतरोत्तर प्रगतिको कामना गर्दै अबुधाबीका युवराज शेख मोहम्मदले आफ्नो ट्विट मार्फत सन्देश जारी गरे।

युकेका राजकुमार चार्ल्स

युकेका राजकुमार चार्ल्सले आफ्नो साउथ एसिअन डायस्पोरा नेत्रित्वको च्यरिटी ब्रिटिश एसियन ट्रस्ट मार्फत दिवाली र नयाँ वर्षले आउँदो वर्ष खुशी, शान्ति र समृद्धीमय होस् भन्ने कामना सहितको सन्देश जारी गरे।

पाकिस्तानका प्रधानमन्त्री इम्रान खान

पाकिस्तानका प्रधानमन्त्री इम्रान खानले आफ्ना  संपूर्ण हिन्दू जनतालाई दिवालीको अवसरमा ट्विटर मार्फत सन्देश जारी गरे।

संयुक्त राष्ट्र संघ

रमाइलो र सुरक्षित दिवालीको कामना गर्दै संयुक्त राष्ट्र संघले पनि दिवालीको शुभकामना व्यक्त गर्‍यो।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...