durbar-times

यातायात व्यवसायीद्वारा गाडी भाडा बढाउन सरकारसँग माग


यातायात व्यवसायीद्वारा गाडी भाडा बढाउन सरकारसँग माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवसायीले गाडी भाडा बढाउन सरकारसँग माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।

२०६५ मा सरकारले तय गरेको वैज्ञानिक भाडा निर्धारण मापदण्डअनुसार गाडी भाडा बढाउनु पर्ने व्यवसायीको भनाइ छ।

सरकारले बनाएको उक्त मापदण्डमा पेट्रोलियम पदार्थको ३५ प्रतिशत भार र बिमा, कर, बैंक ब्याज, पाटपुर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिको ६५ प्रतिशत भार हुने व्यवस्था छ। यी आधार अनुसार बिमा, कर, बैंक, पाटपूर्जाजस्ता सामग्रीको मूल्यवृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नभएको महासंघको दाबी छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक सवारी सेवा दिन नसक्ने अवस्था आएको व्यवसायीहरूको जिकिर छ।

1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send