durbar-times

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी


यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

याे साता शेयर बजार सकारात्मक देखियाे । साताभरी समग्रमा नेप्से परिसूचक १.६१% ले वृद्धि भएको छ । गत साता बजार २६३१.९० विन्दुमा बन्द भएको थियो । गत साताको तुलनमा यो साता कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ ।

बजार पुँजीकरण ३७ खर्बमा पुगेको छ । समग्रमा बजार बुल रनमा छ । गत साताको तुलनामा यस साता दैनिक कारोबार रकममा उल्लेख्य सुधार भएको छ ।बिहीबार सबैभन्दा थोरै ६.५६ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने आइतबार सबैभन्दा धेरै ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता औसतमा दैनिक ७.१५ अर्ब रुपैयाँको सेयर किनबेच भएको देखिन्छ ।

सातामा सबैभन्दा धेरै कमाउने
याे साता सबैभन्दा धेरै एनआइसि एशिया लघुवित्तले कमाएकाे छ । स्वदेशी लघुवित्तसँग मर्ज भएपश्चात लामाे समयदेखि यसकाे काराेबार हुन पाएकाे थिएन । जब काराेबार सुरू भयाे तबदेखि लगातार सर्किट लेबलमा यसकाे भाउ उकालाे लागेकाे छ । साताभरीमा याे कम्पनीकाे भाउ ६०.७६% ले वृद्धि भएको छ ।

त्यस्तै दाेश्राेमा वोमी लघुवित्तको भाउ ३१.९५% र तेस्रोमा चन्द्रागिरी हिल्सको २८.०५% ले भाउ बढेको छ । चाैथाेमा मल्टिपर्पाेज फाइनान्स कम्पनी २७.५७ प्रतिशत , पाँचाैमा रिलायन्स फाइनान्स २७.५० प्रतिशत, छैटाैँमा सान्जेन जलविद्युतकाे २३.६४ प्रतिशत , साताैँमा पाेखरा फाइनान्सकाे १९.०३ प्रतिशत , आठाैँमा युनिभर्सल पावर कम्पनीकाे १८.४९ प्रतिशत , नवाैँमा राधी विद्युत कम्पनीकाे १७.२१ प्रतिशत र दशाैँमा शिवश्री हाइड्राेपावरकाे १६.२७ प्रतिशत मूल्य बृद्धि भएकाे छ ।

सबैभन्दा धेरै गुमाउने
याे साता सबैभन्दा धेरै गुमाउने कम्पनीमा अजाेड इन्स्याेरेन्स रहेकाे छ । ५० प्रतिशत हकप्रद शेयर  वितरण गर्ने निर्णयसँगै आकाशिएकाे मूल्य इन्साइडर ट्रेडिङकाे आराेप लागेपछि लगातार ओरालाे लागेकाे हाे । कम्पनीकाे मूल्यमा साताभरीमा १८.०४ प्रतिशतले गिरावट आएकाे छ ।

त्यस्तै दाेश्राेमा साल्ट ट्रेडिङ कर्पाेरेसनकाे १५.८९ प्रतिशत , तेश्राेमा रैरङ हाइड्राेपावरकाे ५.५० प्रतिशत,चाैथाेमा किसान लघुवित्त वित्तीय संस्थाकाे ५.०६ प्रतिशत, पाँचाैँमा हाइड्राेइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकाे ४.७३ प्रतिशत, छैटाैँमा सपाेर्ट माइक्राेफाइनान्सकाे ४.६७ प्रतिशत, साताैँमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाकाे ४.३४ प्रतिशत, आठाैँमा कालिका माइक्राेक्रेडिटकाे ३.९४ प्रतिशत , नवाैँमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्टकाे ३.७८ प्रतिशत र दशाैँमा राष्ट्रिय बीमा कम्पनीकाे ३.६८ प्रतिशत मूल्य गिरावट भएकाे छ।

1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send