durbar-times

याे वर्षपनि बिस्केट जात्रा नहुने


याे वर्षपनि बिस्केट जात्रा नहुने

काेराेना महामारीका कारण अघिल्लाे वर्ष स्थगित भएकाे बिस्का जात्रा याे वर्ष पनि स्थगित भएकाे छ । छिमेकि देश भारत लगायत अन्य देशहरूमा काेराेनाकाे नयाँ प्रजाति देखिएकाे र नेपाल पनि उच्च खतरामा रहेकाले याे वर्षकाे बिस्का जात्रा स्थगित गरिएकाे कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले निर्णय गरेको हो ।

बैठकले गत वर्षजस्तै यस वर्ष पनि जात्रा नगर्ने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाललगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नयाँ वर्ष २०७८ अवसरमा हुने पूजापाठ, सप्ताह र पिकनिकजस्ता कार्यक्रमले कोभिड–१९ को जोखिम बढ्ने सम्भावना रहेकाले यस्ता कार्यक्रम गर्दा सीमित संख्यामा स्वास्थ्यको मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

भक्तपुरमा मनाइने जिब्रो छेड्ने तथा सिन्दूर जात्रामा अत्यधिक भीडभाड भई कोभिड–१९ को जोखिम बढ्ने सम्भावना रहेकाले यस्ता काम नगर्न÷नगराउन सबैलाई आग्रह गरिएको छ ।


कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्न सबै नगरपालिकालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, सरकारबाट जारी स्वास्थ्य मापदण्ड उल्लंघन गर्नलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भएको छ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send