हिमाल र मैदान पारीको सकृयता नेकपाको शरीरमा फीट नहुने औषधी होः याेगेश भट्टराई


हिमाल र मैदान पारीको सकृयता नेकपाको शरीरमा फीट नहुने औषधी होः याेगेश भट्टराई

पर्यटनमन्त्री याेगेश भट्टराईले हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी भएकाे बताएका छन्  । नेकपामा चुलिँदाे विवादका बीच एकता जाेगाइराख्नका लागि दुवै पक्षले महत्वपूर्ण कदम चाल्नुपर्ने भन्दै उनले बाह्य हस्तक्षेप बन्द हुनुपर्ने बताएका छन् ।

उनले नेकपा नेपालकाे माटाे सुहाउँदाे भएकाे र यसमा बाह्य मल तथा विउ विजन प्रयाेग नगरिएकाे भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नाे धारणा व्यक्त गरेका छन् । उनले भनेका छन् -  "नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहित छ । ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो । अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम हो ।  " घरेलु (नेपाली )बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टीहो नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन ।"

उनले अघि भनेका छन्  "यो सत्यहो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी कि पेट्रोल ? पेट्रोलले उर्जा पानीले उर्जा र जीवन नेपालमा पानीका मुहान सुकेका छैनन् !"


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...