http://bit.ly/bajajdurbartimes

यस्ता छन् ओलीविरुद्ध प्रचण्ड–माधव पक्षले घाेषणा गरेका आन्दोलनका कार्यक्रम


यस्ता छन् ओलीविरुद्ध प्रचण्ड–माधव पक्षले घाेषणा गरेका आन्दोलनका कार्यक्रम

प्रतिनिधिसभा विघटनविरुद्ध उभिएको प्रचण्ड–माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीले पहिलो चरणअन्तर्गत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार सकिएको उक्त पक्षको केन्द्रीय कमिटीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन समितिको कमाण्डर तोक्दै पहिलो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघर्षका सार्वजनिक कार्यक्रमअनुसार सरकारविरुद्ध लक्षित पहिलो चरणको आन्दोलन ‘नरम हुने’ देखिएको छ । बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले दोस्रो चरणका आन्दोलनका कार्यक्रम कडा हुने बताए ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहिलो चरणका आन्दोलनका कार्यक्रम नरम हुने र आवश्यक परे अर्को चरणमा नेपाल बन्द गर्नेसम्मका कार्यक्रममा जाने बताएका थिए।

यस्ता छन् पुस महिनाभरका कार्यक्रमः

पुस १०ः बिहान साढे नौ बजे माइतीघरमण्डलमा र १२ बजे निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्य र पार्टीको तर्फबाट विघटित संसदमा रहेका सांसदहरुको उपस्थितिमा कार्यक्रम संचालन गरिने ।

पुस ११ः प्रदेश कार्यालयको संयोजनमा छलफल हुने र एक हप्ताभित्र प्रदेश कमिटीका बैठक सम्पन्न गरिने ।

पुस १२ः ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरिने । उक्त भेलमा प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष कसरी अगाडि बढाउने ? भन्नेबारे अभिमुखीकरण कार्यक्रम गरिने ।

पुस १४ः राजधानीमा र जिल्ला जिल्लामा प्रतिनिधिसभाको विघटनविरुद्ध विरोध कार्यक्रम संचालन गरिने । त्यस्तै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला आयोजना गरिसक्ने ।

पुस २०ः सबै नगरपालिका र गाउँपालिकासम्म पार्टीको बैठक/भेला आयोजना गरिने ।

पुस २५ः सबै वडाहरुमा बैठक/भेला आयोजना गरिने ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send