durbar-times

युभेन्ट्स सेमिफाइनलमा


युभेन्ट्स सेमिफाइनलमा

दोस्रो डिभिजनको स्पाललाई पराजित गर्दै इटालीयन जायन्ट युभेन्टस कोप्पा इटालीयाको सेमिफाइनल प्रवेश गरेको छ। गय राती सम्पन्न क्वाटरफाइनलमा युभेले स्पालमाथि ४-० गोलको जित हात पारेको हो।

खेलको १६ औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा जियानलुकाले गोल गर्दा युभेन्ट्स २-० ले अघि रह्यो ।

खेलको ७८ औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सलाई ४-० को जित दिलाए ।

यस खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मैदान उत्रेनन् । मुख्य प्रशिक्षक पिर्लाेले रोनाल्डोलाई विश्राम दिएका थिए ।

अब युभेन्ट्सले सेमिफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send