युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर (UMRH) काे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ४२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त शेयर आइतबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनी शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ९८ रुपैयाँ ७९ पैसा रुपैयाँ देखि २९६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग प्राइस तोकिएको छ । त्यस अनुसार आइतबार कारोबार हुनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले युएमआरएच (UMRH) कारोबार संकेत प्रदान गरेको छ ।
कम्पनीले मंसिर २ गतेदेखि ७ गतेसम्ममा बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरीएको थियो ।